RUMPUM
animated ellipse animated ellipse

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालुलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७९, आईतवार १८:५०
1.34k
Shares
विराटनगर / मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आज विराटनगरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ पोलस्टार स्कुलका रिदम दाहाल र सिनियरतर्फ माउण्ट मकालु स्कुलका चञ्चल मण्डलले चित्रकाला प्रतियोगिताको उपाधि जितेको हो ।

यस्तै कक्षा १ देखि पाँच कक्षासम्म अध्ययरत जुनियर विद्यार्थीहरुबिच आयोजना गरिएको प्रतियोगिताको द्धितीय विराटनगरको डिपिएस स्कुलका क्रिति राय, तृतीय उर्लाबारीको नेपाल आर्दश स्कुलका सुमन तामाङ्ग र सान्तवना विराटनगरको बुढानिलकण्ड स्कुलका रोनिशा दास भइन् ।

यसैगरी कक्षा ६ देखि १० कक्षासम्मको सिनियर विद्यार्थीहरुबीच भएको प्रतियोगिताको द्धितीय विराटनगरको बुढानिलकण्ड स्कुलकी वर्षा शर्मा, तृतीय विराटनगरको ग्रेडेड स्कुलका कृतिका यादव र सान्तवना विराटनगरकै मदरल्याण्ड एकाडेमीका निशान्त साह भए ।

प्रथम, द्धितीय, तृतीय सान्तवना हुने विद्यार्थीहरुले क्रमश ः पाँच, तीन, दुई र १ हजार रुपैयाँ र ट्रफि पाए ।

प्रतियोगितामा जिल्लाभरीका सिनियरतर्फ ३४ र जुनियरतर्फ ३० वटा विद्यालयका १४३ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाभरीको निजी विद्यालयहरुबीच प्रत्येक वर्षको प्रजातन्त्र दिवसको अवसर पारेर चित्रकाला प्रतयोगिता गर्दै आएको उनले बताए । यस्ता प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा देखा पर्ने उनले बताए ।

प्रतियोगिताको निर्णायकहरुमा ललित संगम कला केन्द्रका अध्यक्ष जेपी चौधरी र श्री निवास पोखरेल रहेका थिए ।

प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर