animated ellipse animated ellipse

सेनाको समन्वयमा स्काउटलाई शव व्यवस्थापन तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०७८, आईतवार १८:२८
252
Shares
विराटनगर/ कोरोना संक्रमितको शव व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेश १ मा स्काउटमा आवद्ध भएकाहरुलाई नेपाली सेनासँगको समन्वय एवं सहकार्यमा तालिम दिन थालिएको छ ।

स्काउटरलाई कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिन मोरङ र झापामा तालिन दिन थालिएको हो । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको समन्वय एवं सहकार्य र प्रदेश १ स्काउट तदर्थ समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो । १५ जना स्वयंसेवक र प्रशिक्षार्थीलाई सहभागी गराएर झापामा आजबाट चार दिने तालिम सुरु गरिएको छ ।

विराटनगरमा हिजैबाट स्काउटमा आवद्ध १५ जनालाई सहभागी गराएर चार दिने तालिम दिन थालिएको थियो । सुनसरीको इटहरीमा भोलिदेखि १० जनालाई तालिम दिन थालिने सैनिक स्रोतले बतायो । विराटनगरमा भइरहेको तालिमको सहजीकरण मोरङको थलाहास्थित भैरव गणले गरिरहेको छ । शव व्यवस्थापन लगायत कोरोनासँग सम्बन्धित विभिन्न प्राविधिक विषयमा जानकारी दिइने तालिममा नेपाली सेनाका सह–सेनानी र चिकित्सक एवं प्राविधिकसहित सात जनाको टोलीले प्रशिक्षण दिइरहेको हो ।

संक्रमितको मृत्यु हुँदा शवको व्यवस्थापन स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षितसाथ सेनाको विशेष टोलीले गरिरहेको छ । तालिमपछि संक्रमितको शव व्यवस्थापनमा स्काउटर पनि परिचालन गरिने प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए । उनका अनुसार तालिममा कोरोना रोकथाम, नियन्त्रण तथा होल्डिङ एरिया र आइसोलेसन सेन्टरको व्यवस्थापन एवं सुरक्षा तथा शव व्यवस्थापनसमेतका प्रतिकार्य सम्बन्धी सबै विषयवस्तुका बारेमा प्रशिक्षण दिइने छ । साथै संक्रमितको शवको उचित एवं सावधानीपूर्वक गरिने व्यवस्थापन लगायतका विषयमा सेनाले डेमोस्ट्रेसन अभ्यासमार्फत पनि जानकारी दिन थालेको छ ।

संक्रमितको मृत्यु हुने क्रम बढेसँगै सेनालाई मात्रै शव व्यवस्थापनमा समस्या हुने देखिएपछि स्काउटरलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न थालिएको खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर