AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा. शेखर कोइरालाले गरे मोरङ-६ बाट मनोनयन दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०८२, मंगलवार १५:४३
54
Shares
विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले आज दिउँसो विराटनगरको देवकोटा चोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर पुगेर मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। २०७९ सालको निर्वाञ्चनमा कोइरालासँग एमालेका लालबाबु पण्डित पराजित बनेका थिए । यो पटक कोइरालासँग एमालेका विनोद ढकालको प्रतिस्पर्धा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर