खबर पूर्वाञ्चल
मोरङको बुढीगंगामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा समाचार आएकाले सत्य तथ्य बुझ्नका लागि प्रजिअलाई उनले निर्देशन दिएका हुन् । मन्त्री घिमिरेले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवसँग परीक्षण शुल्कका विषयमा सोधपुछ गरे । प्रयोगशाला निर्देशक यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पारे ।
गाउँपालिकाले उद्योगसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ शुल्क लिएको घटना सार्वजनिक भएपछि मन्त्री घिमिरेले चासो लिएका हुन् ।