विश्व वातावरण दिवशको अवसरमा विराटनगरमा साइक्लिष्ट

खबर पूर्वाञ्चल, २१ जेष्ठ २०७९, शनिबार १८:०४
756
Shares
विराटनगर / विश्व वातावरण दिवशको अवसर पारेर विराटनगरको ७ वटा संस्थाहरुको साझेदारीमा आइतबार विराटनगरमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले कार्यक्रमको बारे जानकारी गराएको हो। मानवद्वारा प्रकृतिमाथि गरिएको अतिक्रमणको प्रतिक्रिया स्वरुप हरित गृह ग्यास उत्सर्जन तथा जलवायु प्रदुषणका कारण समग्र विश्वनै जोखिममा रहेकोले मानवजातिको अस्तित्व जोगाउन एसिया भरिका ७ वटा देशमा खनिज ईन्धनको प्रयोग र यसबाट हुने हरित गृह ग्यासको उत्सजनलाई निरुत्साहित गर्ने उदेशले पेडल फोर पिपल एण्ड प्लानेट भन्ने मुल नाराका साथ विश्व वातावरण दिवशको अवसर पारेर विराटनगरका साइक्लिष्ट, जलवायु अभियानता,वातावरण प्रेमी तथा युवा उदमीद्वारा जलवायु परिवर्तनको निम्ति सचेतना जगाउने र साइक्लिष्टका लागि साईकल लेनको आवहान गर्ने कार्यक्रमहरु आयोजना गरेको छ।

दिगो विकास ईन्स्टिच्यु , नायका विराटनगर , एनवाइइएफ विराटनगर च्याप्टर, वन तथा वातावरण मन्त्रालय प्रदेश १ , विराटनगर महानगरपालिका , विराटनगरि र नेपाल बाताबरण समाजको संयुक्त साझेदारीमा भोलि साइक्लिष्ट संगसंगै सरसफाइ , वृक्षरोपण तथा प्यानल छलफल गर्ने नायका विराटनगरका मिडिया कोडिनेटर रितेश रोउनियारले बताए ।

विराटनगरमा पहिलो चोटि हुनलागेको साइक्लिष्ट कार्यक्रममा साईकल लिएर मजदुरी गर्ने मजदुरसहित विराटनगका २५० जना भन्दा बढी साइक्लिष्टहरु सहभागिता हुने उनले बताए । आइतबार विहान साढे ६ बजे हिमालय रोडबाट साईक्लिङ गरिने छ भने ७ देखि ८ बजेसम्म भृकुटी चोकदेखि मुनालपथसम्म सरसफाई गरिने र ८ देखि ९ बजेसम्म मुनालपथदेखि सोमबारे हाटसम्म शंकरपुर टोल्को सहकार्यमा बृक्षारोपन कार्यक्रम गर्ने छन। त्यसपछी विराटनगर महानगरपालिकामा खनिज ईन्धन मुक्त भबिश्यको लागि साईकल बिषयमा महानगरमा छलफल हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५