खबर पूर्वाञ्चल
विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समुह विजेता बनेको हो । इलाम र मोरङ यस अघिनै फाइनलमा पुगेका छन् । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य योगफल तयार पारेको थियो । इलामकी दिपा लिम्बुले सर्वाधिक १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ द म्याच चाँदनी यादवले ४ विकेट लिँदा सुवेक्षा लिम्बुले ३ विकेट लिइन् ।
७७ रनको सामान्य लक्ष्य पाएको मोरङले ९ ओभरमा २ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङकी प्रिन्सा राईले नटआउट ३० रनको योगदान दिँदा सानु राजवंशीले १४ रन र पूर्णीमा राजवंशीले नटआउट १० रनको योगदान दिइन् ् । इलामकी यमुना लिम्बु र मुना राई १–१ विकेट लिइन् ।
दोस्रो खेलमा सप्तरीले सिरहालाई ४२ रनले पराजित गर्दै सान्तना जित हात पारेको छ । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा २ गुमाई १ सय ४८ रनको स्कोर खडा गरेको थियो । सप्तरीकी साक्षी यादवले नटआउट ३४ रन बनाउँदा निशु चौधरीले २६ रनको योगदान दिइन् । सिरहाकी अनु यादव र निलम महतो १–१ विकेट लिइन् ।
१ सय ४९ रनको लक्ष्य पछ्याएको सिरहाले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६ रनमा सिरमित भयो । सिरहालागि अर्चना महतोले सर्वाधिक १८ रनको योगदान दिइन् । सप्तरीकी मञ्जु रामले ३ विकेट लिँदा सुस्मीता यादवले २ विकेट लिइन् ।
तपाईको प्रतिक्रिया