ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतियोगिताले साल्ज्ब्रुग र इन्स्ब्रुगका नेपालीलाई भावनात्मक रुपमा जोड्नेछ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०८०, बिहीबार १९:०८
459
Shares
कृष्ण विश्वकर्मा खेल संयोजक, साल्ज्ब्रग, अष्ट्रिया
भलिबल प्रतियोगिताको तयारी कस्तो हुँदैछ ?
आगामी अक्टोबर १ ताखिरमा हुने भलिबल प्रतियोगिताको तयारी व्यापक भइरहेको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि इन्स्ब्रुगबाट युरोपियन खेलकुद संघ (एनईएससी) मा आबद्ध साथीहरू आउँदै हुनुहुन्छ । उहाँहरूलाई स्वागत गर्न हामी आतुर छौं ।

प्रतियोगिता गर्नुको उद्देश्य केही छ ?
खेलकुद भनेको शारीरिक स्वास्थ्यका लागि मात्रै होइन । यसले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्छ । अझ भाइचारा अभिवृद्धिमा खेलकुदको भूमिका धेरै नै हुन्छ । हामी विदेशमा आएर पैसा कमाउँछौं । आफ्नो जीवनलाई सुखी र खुसी बनाउँछौं । तर एकअर्काबाट विस्तारै टाढिँदै गएको महसुस हुन थालेको छ । कम्तीमा अष्ट्रियामा रहेका नेपालीहरूबीच भाइचारा सम्बन्ध स्थापित होस् । एकअर्काबीच चिनजान होस् । एउटालाई दुःख पर्दा अर्कोले साथ दिने वातावरण बनोस् । मलाई लाग्छ यस प्रतियोगिताले अष्ट्रियास्थित साल्ज्ब्रुग र इन्स्ब्रुगका नेपालीलाई भावनात्मक जोड्नेछ ।

यस्तो प्रतियोगिता गर्ने सोच कसरी आयो ?
युरोपियन खेलकुद संघ (एनईएससी)ले केही वर्षदेखि अत्यन्तै राम्रो काम गरिरहेको छ । यो संघको म पनि सल्लाहकारका रुपमा एनईएससीले गरेका गतिविधिलाई नजिकबाट हेरिरहेको छु । बिना स्वार्थ भलिबलको प्रवद्र्धनका लागि संघले काम गरिरहेको छ । त्यसमा पनि एनआईएससीका अध्यक्ष दिलकुमार घमालको सक्रियता देखेर म आफैं गौराम्वित भएको छु । एनआईएससीलाई अहिलेको उचाइमा पुराउन उहाँको योगदान धेरै नै छ । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । यसको प्रवद्र्धन र विकास गर्नु हाम्रो पनि दायित्व हो । इन्स्ब्रग र साल्ज्ब्रुगमा बसोबास गर्ने नेपालीबीच भाइचारा अभिवृद्धि होस्, एकआपसमा चिनजान होस् र सम्बन्ध बलियो होस् भनेर मैत्रीपूर्ण प्रतियोगिता गर्न लागिएको हो ।

आगामी दिनमा पनि यस्ता प्रतियोगिता गर्नुहुन्छ ?
अवश्य पनि गर्छौं । महिनैपिच्छ नसकौंला । तर, समय मिलाएर भलिबल प्रतियोगिता गर्नेछौं । आगामी दिनमा यसलाई अझ व्यापक बनाउने योजना पनि छ ।

तपाईंहरू विदेशमा बसेर पनि नेपाली खेलकुदको विकास र प्रचारप्रसारमा लागिरहनु भएको छ, नेपाल सरकारले चाहिं खेलकुदको विकासमा कतिको ध्यान दिएको पाउनु भएको छ ?
म यहाँ कसैलाई दोष दिन चाहन्न । तर नेपाली खेलकुद क्षेत्रलाई सरकारले जुन रुपमा हेर्नुपर्ने हो हेरेजस्तो लाग्दैन । स्रोत साधन छैन । खेलकुदका लागि आवश्यक पर्ने भौतिक संरचना छैन । अभाव र असहज परिस्थितिको सामना गर्दै नेपाली खेलाडीहरूले जुन मेहनत गरिरहेका छन् त्यो चाहिं जति नै प्रशंसा गरे पनि कमी नै हुन्छ । क्रिकेटकै कुरा गर्ने हो भने भारत र पाकिस्तानजस्ता देशसित खेल्नु चानचुने कुरा होइन । यदि अन्य मुलुकले जस्तै खेलकुदमा लगानी गर्ने हो भने नेपालले अन्तर्राष्ट्रिय पदक प्रशस्तै ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर