AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०८०, मंगलवार ०६:३०
135
Shares
विराटनगर / कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ ।

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।

कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् ।
सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् । अर्थात ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन् ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर