पूर्वाञ्चल खबर
आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष सोनिया गुप्ताले आउँदो चैत्र २१ गते साइक्लोथन हुने जननकारी गराए ।साइक्लोथनमा पुरुसषको गियर र विना गियरको साइक्लोथन तथा महिला साइक्लोथन हुने छ । प्रत्येकतर्फ प्रथमलाई नगद १५ हजार, दोस्रोलाई नगद १० हजार र तेस्रो हुनेलाई नगद ७ हजारसहित प्रमाणपत्र पाउँने छ ।
साइक्लोथन र्यालीमा सहभागिले विराटनगर महानगरपालीका भित्र १५ किलोमिटर दुरी पार गर्नु पर्ने आयोजकले जनाएको छ । साइक्लोथन र्यालीबाट नाफा भएको रकमले कटहरी ४ मा रहेको मुसहर बस्तीमा ५० वटा शौचालय निमार्ण गरि हस्तान्तरण गरिने अध्यक्ष गुप्ताले जानकारी दिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सञ्चालक रहेको सांग्रिला सुज कम्पनीले साइक्लोथन प्रतियोगितामा सहभागिता जनाउने ५० जनालाई नै १/१ जोड स्पोट जुत्ता उपहार प्रदान गर्ने क्लबले जानकारी गराएको छ ।