AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ को परीक्षामा मेरिल्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, ५६ जना विद्यार्थीले ल्याए ‘ए’ प्लस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०८०, आईतवार १९:४२
207
Shares
विराटनगर/ व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा मेरिल्याण्ड कलेजका विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ९५.३७ प्रतिशत ल्याउन सफल भएको कलेजले जनाएको छ ।

१२ को परीक्षामा ए प्लस (३.६१–४ ) जीपीए ५६ जना, ए (३.२१–३.६०) जीपीए ल्याउने ३२१ जना, बी प्लस (२.८१–३.२०) जीपीए २३२ जना र बी (२.४१–२.८०) जीपीए ल्याएर उत्तिर्ण भएका १८७ जना विद्यार्थी रहेको मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा जम्मा देशभरिमै ५१ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका थिए। काठमाण्डौ भ्याली बाहिर सम्भवत मेरिल्याण्डको रिजल्ट मात्रै उत्कृष्ट आएको मेरिल्याण्डका प्रिन्सीपल ढकाल दाबी गर्छन। यो परिणाम विद्यार्थीको मेहनत, शिक्षक को लगनशीलता, अभिभावको आफ्नो छोरा छोरी प्रतिको चासो र ब्यवस्थापनको अथक मेहनतबाट संभव भएको कलेजका अध्यक्ष गुणराज ढुंगेल बताए । मेरिल्याण्ड कलेज विगत २० वर्षदेखि देश भरिका आठ हजार भन्दा बढी कलेजहरूमध्ये सधैँ टप टेन मा पर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर