रेमडिसिभिर भनी अर्कै औषधि बिक्री गरेको आरोपमा दुई जना विराटनगरबाट पक्राउ

खबर पूर्वाञ्चल, २४ बैशाख २०७८, शुक्रबार १७:४६
सोनु आलम

विराटनगर / विराटनगरमा रेमडिसिभिर भनी अर्कै औषधि बिक्री गरेको आरोपमा फार्मेसी संञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

श्रवण यादव

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी विक्री वितरण गरेको आरोपमा विराटनगर–४ नोबेल टिचिङ हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ सञ्चालक सोनु आलम र कामदार श्रवण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिसिभिर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

कडा खालको लक्षण भएका कोरोना संक्रमितको उपचारमा ‘रेमडिसिभिर’ इन्जेक्सनको माग बढेपछि विराटनगरमा नक्कली ‘रेमडिसिभिर’ बनाएर बिक्री गर्ने गिरोह सक्रिय भएको खुलेको हो ।

सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको एन्टिबायोटिक इन्जेक्सन नयाँ लेबल लगाएर नक्कली रेमडिसिभिर ७ हजार देखि २५ हजारसम्म मूल्यमा बिक्री गर्दै आएको प्रहरीको दावी छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरमा रेमडिसिभिरको अभाव छ । उक्त औषधी भारतबाट अवैध रुपमा ल्याएर बिक्री हुँदै आएको थियो ।

विराटनगरमा कोरोना संक्रमितको उपचारका प्रयोग गरिने रेमडिसिभिर भनी अर्कै औषधि बिक्री गर्ने गिरोह सक्रिय भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

‘विराटनगरमा नक्कली रेमडिशिभरको विक्री वितरण हुने गरेको सूचना पाएपछि केही फार्मेसीमा हामीले छापा पनि हानेका थियौं,’ एसपी खड्काले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गर्दै आएका छौं । सोधपुछको लागि केहीलाई नियन्त्रणमा पनि लिएका छौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने एसपी खड्काले बताए ।

नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्काे मूल्य लिएर विरामीका आफन्तलाई विक्री गर्दै आएका छन् । स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै विक्री गर्दै हिंड्ने गरेको स्वास्थ्य क्षेत्रका जानकार स्रोतले बताएको छ ।

भारतमा पाइने रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको छ । त्यही भएर औषधी क्षेत्रका गिरोहले नक्कली स्टिकर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टामा रेमडिसिभरको लेबल लगाएर ७ हजारदेखि २५ हजार रूपैयाँसम्ममा कोभिड अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तहरूलाई विक्री गर्दै आएका छन् । यसरी अहिले विराटनगरमा नक्कली रेमडिसिभर विक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेमडिसिभर चर्काे मूल्य असुली गरेर विक्री गर्दछन् ।

पक्राउ परेका फार्मेसी संचालक आलमले कति मल्य नक्कली रेमडिसिभर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । स्रोतको अनुसार आलम यसअघि फार्मेसीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेसीमा काम सिकेपछि केही वर्षअगाडिदेखि उनले आफै नोबेल अगाडि औषधी पसल खोलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सोनुले एजेन्टलाई ८ हजार रुपैयाँ लिएर नक्कली रेमडिसिभिर दिन्थे । एजेन्टले भने २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए ।

भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा रेमडिसिभिर पाइन्छ । नेपालमा भने १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५