AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर सञ्चार गृह फुटसल प्रतियोगिताको उपाधि द शब्द एक्स्प्रेसलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०८३, आईतवार १८:१६
3
Shares
विराटनगर / ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर सञ्चार गृह फुटसल प्रतियोगिताको उपाधि द शब्द एक्स्प्रेसले जितेको छ।

विराटनगरस्थित जेएनएल फुटसलमा आज भएको फाइनल खेलमा द शब्द एक्स्प्रेसले मकालु टेलिभिजनलाई पराजित गर्दै उपाधि हात पारेको हो। द शब्द एक्स्प्रेसले मकालु टेलिभिजनलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तर सञ्चार गृह फुटसल प्रतियोगिताको उपाधि जितेको हो ।

प्रतियोगितामा विराटनगरका १४ वटा सञ्चार गृहका टोली सहभागी थिए ।आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई भदौ ११ गते विशेष कार्यक्रम आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। प्रतियोगिताले सञ्चार गृहबीचको आपसी सम्बन्ध, सहकार्य र खेलकुद भावनालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर