animated ellipse animated ellipse

शिक्षादीपका विद्यार्थीले भने,‘ सरकारले अनुमति नदिँदा रकेट परीक्षण गर्न पाएनौं ’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ पुष २०८०, सोमबार १८:३१
1.39k
Shares
विराटनगर / काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) कार्यशाला आयोजना ग¥यो ।

६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण दिईएको थियो । ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिटसम्म उड्ने रकेट बनाएका छन् । उक्त रकेट शिक्षादीप कलेजमा अध्ययरत २० जना विद्यार्थीहरूले कार्यशालामा बनाएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । ६ दिनसम्म संचालन भएको कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गरेका छन् । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गर्दै आएका ४९ जना विद्यार्थीहरू कार्यशालामा सहभागि भएका थिए ।

कार्यशालाको अन्तिम दिन आज विद्यार्थीले रकेटलाई उडाउने तयारी गरेका थिए । कार्यशालाबाट सिकेकाकुराहरुलाई प्रर्दशन गर्न चाहेपनि उनीहरुले पाएनन । ६ दिनको कार्यशालाबाट रकेट विषयमा थुप्रै जानकारी पाएको विद्यार्थी राहुल ठाकुरले बताए । उनले रकेट तयार गरेपनि उडाउन नपाएकोमा खिन्नता प्रकट गरे । सरकारले रकेट उडाउन पाउनेगरिको व्यवस्था गर्नुपर्ने उनले बताए ।

रकेट उडाउनका लागि सरकारबाट अनुमति नपाईएको कलेजका प्रिन्सीपल खड्काले गुनासो गरे । उनले भने,‘ विद्यार्थीले कार्यशालाबाट १० हजार फिट माथि उड्ने रकेट बनाए तर संवन्धित निकायबाट उडाउने अनुमति पाएनौं ।’ उनले सरकारबाट विद्यार्थीले सिकेका कुराहरुलाई प्रर्दशन गर्न पाउने गरि नीतिगत व्यवस्था गर्न माग समेत गरे । उनले कुनै निश्चित स्थललाई सरकारले तोकिदिए विद्यार्थीलाई थप हौसला हुने बताए । भोलीका देशका बैज्ञानिकहरुले सिकेका कुराहरुलाई देखाउने प्रवन्ध गर्न सरकार समक्ष आग्रह गरे । उनले विराटनगरमा पहिलोपटक रोबोटिक क्लव पनि गठन गरिएको जानकारी दिए । प्रविन गिरीको अध्यक्षतामा क्लव गरिएको उनले बताए । यसअघि कलेजमा स्ट्रोनोमी क्लव गठन गरिएको थियो ।

शिक्षादीप कलेजका अध्यक्ष तथा कोशी प्रदेश सभाका सांसद भीम पराजुलीले विद्यार्थीले सिकेका कुरालाई प्रर्दशन गर्न पाउने गरि नीतिगत व्यवस्थाका लागि पहल गर्ने बताए । सरकारले नीतिगत व्यवस्था गरे विद्यार्थीको सीपको प्रर्दशनले व्यापकता पाउने पराजुलीले बताए । उनले कोशी प्रदेशमा विज्ञान प्रविधिको क्षेत्रमा आवस्यक वजेटको प्रवन्ध गर्न पनि पहल गर्ने बताए । उनले भने,‘ विज्ञान अनुसन्धानका लागि आवस्यक बजेटका लागि पहल गर्ने छु ।’ कार्यशालाबाट विद्यार्थीले विभिन्न आयामहरूमा ज्ञान हाँसिल गरेको कलेजका सञ्चालक तथा जीव विज्ञानका विभागिय प्रमुख रामचन्द्र अधिकारीले बताए । उनका अनुार प्रशिक्षक प्रशिक्षण तालिम लिएका विद्यार्थीले अन्य विद्यार्थीलाई कार्यशालाबाट प्रशिक्षण दिनेछन् । ऋषिक इन्नोभेषनका शुशिलदेव भट्टले काठमाण्डौं उपत्यकापछि पहिलो पटक विराटनगरमा विज्ञान कार्यशाला आयोजना गरिएको बताए । उनले भने,‘ हालसम्म एकसय जति कार्यशालाको सहजीकरण गरियो होला शिक्षादीपका जस्तो लगनशिल विद्यार्थी देखेका थिएनौं ।’ शिक्षादीपबाट थुप्रै युवा वैज्ञानिकहरु थ्पिने उनले आशा व्यक्त गरे ।

विद्यार्थीहरु मोनालिसा यादव, सुरवी मण्डल, आश्विनी अधिकारी, सृष्टि श्रेष्ठ, सिम्रिका तिम्सिनाले ६ दिनको विज्ञान कार्यशालाबाठ ब्रम्हाण्डलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको बताएका छन् । उनीहरुले शिक्षादीपमा कितावी ज्ञान मात्रै नभएर अन्य सीपहरु पनि सिक्न पाइने कलेज भएको बताए ।

कार्यशालाको पहिलो दिन ७ जना विद्यार्थीहरुले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार पारेका थिए । त्यसपछि कार्यशालामा उनीहरुले १० हजार फिट उचाइमा उड्ने रकेट बनाएका हुन् । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको छ ।

कार्यशालमा विद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक सिकेका थिए । कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिकेका छन् । त्यसैगरी विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर