animated ellipse animated ellipse

प्रदेश-१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० भाद्र २०७८, बिहीबार ०७:५१
1.04k
Shares
विराटनगर / नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश १ सरकारमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा भीम आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी भइरहेको छ ।

माधब नेपालको नेकपा (एकिकृत समाजवादी) पार्टीलाई निर्वाचन आयोगले गए राती नै मान्यता प्रदान गरेपछि यस प्रदेशमा एमालेको बहुमत गुम्न नदिन एमालेले आचार्यलाई मुख्यमन्त्रीमा सपथ ग्रहण गराउन लागेको हो ।

काठमाडौंमा रहेका आचार्य अहिले पहिलो फ्लाइटबाट विराटनगर आउने भएका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् ।

एमालेका ५१ प्रदेश सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगर दोषी ठहर गरेपछि फरार रहेकी छिन् । प्रदेशसभामा बहुमत कायम राख्न आवश्यक ४७ प्रदेश सांसद कायम राख्न एमालेलाई चुनौति भएपछि मुख्यमन्त्री राईले राजिनामा दिएर सहजीकरण गर्न लागेको हो ।

एकिकृत समाजवादीमा खुलेका ८ जना सांसदलाई अधिकतम ४ जनामा सिमित गर्न एमालेले मुख्यमन्त्री परिवर्तनको चाल चलेको छ ।

समाजवादीमा खुलेका प्रदेश सांसदहरुमा राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्ग, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे रहेका छन् । एमालेका ६ जना सांसद सावित्रीकुमारी रेग्मी, लिलाबल्लभ अधिकारी, यसोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ अहिलेसम्म तटस्थ बस्दै आएका छन् ।

समाजवादीमा खुलेका सांसदमध्ये केन्द्रीय सदस्यमा नाम परेका राजेन्द्रकुमार राई, गणेशकुमार काम्बाङ्ग र कृष्णकुमारी राई रहेका छन् । राजन राई पनि समाजवादीमा पूर्ण रुपमा खुलिसकेका छन् । समाजवादीमा खुलेका चौधरी, थापा, साँवा र घिमिरे भीम आचार्य निकट मानिएकाले आचार्यलाई मुख्यमन्त्री बनाएपछि उनीहरु एमालेमा नै फर्किने विश्वासका साथ मुख्यमन्त्री परिवर्तन गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर