खबर पूर्वाञ्चल
थपिएका २८ सहित रंगेलीमा संक्रमितको संख्या आजसम्म ९० जना पुगेको रंगेली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए । रंगेली ८ मा एक जना पुरुषको कोरानाको कारण मृत्यु भइसकेको छ ।
आज थपिएका २८ संक्रमित मध्ये रंगेलीको एउटै वडामा १७ जना छन् । रंगेली ७ मा ९ पुरुष र ८ महिला एउटै वडामा संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस वडामा यस अघि पनि २३ जना संक्रमित भेटिएको थियो । एउटा वडामा ठूलो संख्यामा संक्रमित भेटिएको रंगेली बजार क्षेत्रमा पर्ने वडाको हो ।
आज रंगेली ६ मा ३ पुरुष १ महिला र ३ र ४ वडामा १ जना संक्रमण पुष्टि भएको छ । बाँकी ५ जना संक्रमित पुरुषको रंगेली मात्र लेखिएको भए पनि वडा खुलेको छैन ।