खबर पूर्वाञ्चल
आज हिसान सुनसरीले इटहरीमा यसबारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, सेपाक ताक्रो र नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । यसबर्ष हिसान रन समेत आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
इटहरीमा हुने पाँच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ । स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी रंगशालामा, क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल माबि इटहरीमा हुने मूल संयोजक हेमन्त भण्डारीले बताए ।
समापन कायर्यक्रम भने धरानमा आयोजना गरिने भण्डारीले बताए । यसअघि ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, बक्तृत्वकला, हाजिरीजवाफ र कबिता प्रतियोगिता सम्पन्न भैसकेको भण्डारीले जानकारी दिए । हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरीका २ हजार २ सय बिद्यार्थीको सहभागीता जनाउने बताइएको छ ।