AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बुढानिलकण्ठ र सनराइज स्कुललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०८०, शुक्रबार १८:४७
531
Shares
विराटनगर / प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बुढानिलकण्ठ स्कुलका सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा आज आयोजना गरेको चित्रकला प्रतियोगिताको फाइनलमा सिनियरतर्फ बुढानिलकण्ठ र जुनियरमा सनराइज स्कुलले उपाधि जितेको हो ।

सिनियरतर्फको द्धितीय उर्लाबारीस्थित सप्तकोशी स्कुलका संकल्प ढकाल, तृतीय विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलकी कृतिका यादव र चौथो बेलबारीस्थित भानुभक्त स्कुलका रासिक विक घोषित भए ।

यसैगरी जुनियरतर्फको द्धितीय सुन्दरहरैचास्थित जुपिटर स्कुलका हेलिना राई, तृतीय उर्लाबारीस्थित नेवुला स्कुलका प्रेभिस बराल र चौथो पथरीस्थित ग्रेटग्रेस स्कुलकी प्रशना तामाङ घोषित भइन् ।

प्रतियोगिताको निर्णायकहरुमा दिलबहादुर राई, विष्णु चौधरी र नरकुमार श्रेष्ठ रहेका थिए । प्रतियोगिताको फाइनलमा मोरङको १७ वटा स्थानीय तहबाट छनौट भएर आएको ६६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्याब्सन मोरङका सचिब जगत बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालयका विद्यार्थीहरूले क्रमश ः पाँच, चार, तीन र दुई हजार रुपैयाँको साथै ट्रफि र प्रमाणपत्र पाए । उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, शिक्षा शाखा प्रमुख लिलादेवी ओझा, प्याब्सन केन्द्रीय सचिव हेमन्त कार्की, केन्द्रीय सदस्य तथा प्राज्ञिक परिषद सदस्य डा. उद्धव पोखरेल, सल्लाहकार सुनिल पौडेल, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, प्याब्सन पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, रमेशकुमार मिश्र, प्याब्सन मोरङका प्रमुख सल्लाहकार शितला सुब्बा, टीकाप्रसाद दंगाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले वितरण गरेका थिए ।

प्याब्सन मोरङले प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले जिल्ला स्तरीय चित्रकला प्रतियोगिता गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर