animated ellipse animated ellipse

एक घण्टाभित्र नागरिकता प्रमाणपत्र दिने : प्रमुख जिल्ला अधिकारी भट्टराई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ माघ २०७९, मंगलवार १९:०७
369
Shares
विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीलाई एक घण्टाभित्र नागरिकता प्रमाणपत्र उपलव्ध गराउने भएको छ ।

मोरङका नव नियुक्त्त प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले आज विराटनगरमा आयोजित पत्रकार एवं मानव अधिकारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा नागरिकता प्रमाणपत्र लिनका आवश्यक पर्ने सम्पूर्ण कागपत्र उपलव्ध गराएको अवस्थामा एक घण्टा भन्दा अझ छिटो समयमा सहज र सरलरुपमा उपलव्ध गराउने जानकारी दिए ।
उनले सेवाग्राहीलाई अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र एवं राहदानी लिनका लागि तोकिएमा समय कार्यालय आएमा झण्झट र दुःख मुक्त हुन सकिने छ भन्दै विहानदेखि लामवद्ध रुपमा वस्ने कार्यको अन्त्यका लागि आगामी चार दिनभित्र टोकन प्रणाली र एक सय थान कुर्सीको व्यवस्था गरिन लागेको बताए ।

प्रजिअ भट्टराईले महानगरको समन्वय र सहयोगमा आगामी एक हप्ताभित्र थप एकदेखि दुई स्थानमा राष्ट्रिय परिचयन दर्ताका लागि कार्य शुरु गर्ने यसवाट सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त्त गरे ।

जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक रुपमा तीन सय राष्ट्रिय परिचय पत्रको दर्ता गर्ने कार्य गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर