खबर पूर्वाञ्चल
लकडाउनलाई प्रभावकारी बनाउन उनीहरुले सुझाव दिएका छन् । कोभिड १९ को प्रभाव न्युनिकरण, लकडाउन र जनसरोकारको विषयमा महानगर प्रमुख भीम पराजुलीसँग एलिट क्लब विराटनगरले छलफल गरेको अनलाईन संवादमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि महानगरपालिकालाई पीसीआरको दायरा बढाउनुपर्ने अनलाईन संवादमा सहभागीले सुझाव दिएका छन् । दुई साताका लागि गरिएको ‘लकडाउन’का अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एकअर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइए निर्देशनको पालना नभएकाले निशेधाज्ञा गर्नुपर्ने सहभागीले बताएका छन् ।
नगरपालिकाले भिडभाड भएको ठाउँलगायत महानगर भरी सेनिटाईज गर्न सुझाव दिएका छन् । अनलाइन संवादमा महानगर प्रमुख पराजुलीले महानगर क्षेत्र भित्रमा १ प्रतिशत नगरवासीको पनि कोरोना परीक्षण गर्न नसकीएको बताए । उनले महानगरले चालु आर्थिक वर्षमा विकासको वजेट र स्वाव संकलन देखि पिसिआर परीक्षणको महानगरले आफै गरेको र टेस्टमात्रै प्रदेश सरकारको ल्यावमा गर्ने गरेको भए पनि महानगरको आफ्नो आइृसोलेसन नभएको बताऐ ।
विराटनगरमा समुदायस्तरमै कोरोना फैलीसकेको हुनाले प्रदेश सरकार अन्तरगर सामाजिक विकास मन्त्री जिवन घिमिरेको समन्वयमा लकडाउनको धारणा अनुसार लकडाउन गरीएको प्रमुख पराजुलीले बताए । लकडाउनको पूर्णरुपमा पालना गराउन सबैले समन्वय गर्नुपर्ने उनले बताए ।
बोर्डर पूर्णरुपमा शिल गर्नु पर्ने प्रमसख पराजुलीले बताए । महानगरको मात्रै दायित्व नभएकोले स्थानिय सरकारले गरेको निर्णयलाई प्रदेश सरकारले वास्ता नगरेको गुनासो समेत गर्न भ्याए । जनताहरुलाई कोरोना संक्रमणबाट जोगाउन महानगरको मात्रै दायित्व नभएकोले सबैले सहयोग नगरे लकडाउनको औचित्य नहुने प्रमुख पराजुलीले बताए ।
तपाईको प्रतिक्रिया