खबर पूर्वाञ्चल
पाँच दलीय गठबन्धन सरकारमा नेपाली काङ्ग्रेसबाट पाँच, नेकपा एसबाट चार, माओवादी केन्द्रबाट तीन र जसपाबाट एक जना मन्त्री छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।
प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषदका आठ मन्त्री नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले रामकुमार राई खानेपानी, सिचाई तथा उर्जा, राजन राई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्वु पर्यटन तथा सस्कृति , झलकबहादुर मगर कृषि , शेखरचन्द्र थापा वन, वातावरण तथा भू– संरक्षण, ओमप्रकाश सरावगी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, प्रताप प्रकाश हाङगाम उद्योग, श्रम तथा रोजगार तथा उपेन्दप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा आज पद तथा गोपनियनताको शपथ ग्रहण गराए ।
प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिमा विस २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम नियुक्ति, हेरफेर र कार्य बिभाजन गरेका हुन् ।