AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बुढानिलकण्ठ स्कुलमा दुई दिने ‘फन फेस्टा’ सुरु, विद्यार्थीको प्रतिभा र सिर्जनशीलता मुख्य आकर्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०८२, शुक्रबार १८:५०
198
Shares
विराटनगर / गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको विराटनगर–२ स्थित बुढानिलकण्ठ स्कुलमा आजदेखि दुई दिने ‘फन फेस्टा’ सुरु भएको छ। विद्यार्थीहरूको आन्तरिक प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यो मेला शुक्रबारसम्म सञ्चालन हुनेछ।

स्कुल परिसरमा आयोजित फेस्टामा विद्यार्थीहरूले आफैँ तयार पारेका विभिन्न हस्तकलाका सामग्री, विज्ञान प्रदर्शनी र खाद्य स्टलहरू राखिएका छन्। यसका साथै फेस पेन्टिङ र पाँचवटा फरक फरक ‘गेम जोन’ हरू मेलाका मुख्य आकर्षण रहेका छन्। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरी सहभागी अभिभावक तथा अतिथिहरूलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रमका बारेमा जानकारी दिँदै स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गराउन मेला आयोजना गरिएको बताए । ‘विद्यार्थीहरूले आफैँ मेहनत गरेर स्टलहरू तयार पारेका छन्,’ प्रिन्सिपल भट्टराईले भने, ‘पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अगाडि बढाउन यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने हाम्रो विश्वास छ। मेलामा एक दर्जनभन्दा बढी स्टलहरू रहेका छन्।’

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अनिवार्य रहेको बताए । उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन यस्ता प्रदर्शनी प्रभावकारी हुनेमा जोड दिए ।

कुल १ हजार ५ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा फेस्टाको पहिलो दिन नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थी र उनीहरूका अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। मेलाको दोस्रो दिन शुक्रबार कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू सहभागी हुने विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर