प्रदेश १ मा ६११ जनामा देखियो संक्रमण, ५५४ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, ९ भाद्र २०७८, बुधबार १८:१२

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैचामा १७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र मिक्लाजुङमा ३–३, लेटाङ, ग्रामथान र पथरीशनिश्चरेमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, बराहक्षेत्र र स्थानीय तह नखुलेका ४–४, इनरुवामा २, झापाको दमकमाम ५९, भद्रपुरमा ८, विर्तामोडमा ७, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, गौरादह र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २–२, चौवीसेमा १, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुक र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारीमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५५४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५