AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसिजको अध्यक्षमा देवचन्द्र घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७८, बिहीबार १६:५३
747
Shares
विराटनगर / विराटनगर जेसिजको ४९ औ अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन्। उनी सन २०२२ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा , कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल , तालिम निर्देशकमा प्रवेश दुलाल , उपाध्यक्षमा स्वरुप खनाल , मिलाप कर्ण , दिपा साह , अमित अग्रवाल र जनसम्पर्क अधिकारीमा निरज ढकाल निर्वाचित भएका छन् ।

विराटनगर जेसिजलाई आगामी दिनमा समाजमा देखिने सुनिने र सबैले सम्झने किसिमको बनाउनलाई आफ्नो ध्यान केन्द्रित हुने र जेसिज कार्यक्रम मार्फत समाज सँग सँगै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

एक ब्यक्ती एक कार्यकाल र एक पद रह्ने र हरेक बर्ष निर्वाचन प्रकृया बाट नयाँ बोर्ड गठन हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम निर्वाचन प्रक्रियाबाट नयाँ बोर्ड गठन भएको नव निर्वाचित जन सम्पर्क अधिकारी निरज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर