RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल चोर समात्न मोरङ प्रहरीको अपरेसन, दुई भारतीयसहित ६ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७९, बुधबार १७:३४
207
Shares
विराटनगर / मोरङ प्रहरीले मोटरसाईकल चोरी नियन्त्रण विशेष अपरेसन  अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुई जना भारती नागरीक पनि रहेका छन् ।
मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाईकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीय सहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
मोटरसाइक चोरी आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ का १८ वर्षीया  राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुर १० बस्ने वर्ष २५ का सुशिलकुमार यादव, सोही ठाउँका २५ वर्षीया शौरभकुमार यादव, विराटनगर महानगरपालिका दिनेश साह,  सोही ठाउँका संजय साह र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ का २० वर्षीया सुमनकुमार यादवलाई पक्राउ गरेको डिएसपी दाहालले बताए । प्रहरीले उनीहरुको साथबाट चोरीको पाँच थान मोटसाइकल र चोरीमा प्रयोग गरिने मास्टर चावी पनि बरामद गरेको छ ।
२०७९ फागुन १० गते विराटनगर ७ स्थित मालपोत कार्यालय अगाडीबाट बेलबारी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ६० का बमबहादुर खवासले पार्किङ्ग गरी राखेको को २५ प १९४५ नम्बरको मोटरसाईकल चोरी भएको थियो । यस्तै चैत २४ गते विराटनगर महानगरपालिका वडा नं. १६ जोगवनी स्थित नेपाल सरहद भित्र जिल्ला सप्तरी कन्चनपुर बस्ने केशव प्रसदगुप्ताले पार्किङ्ग गरी राखेको प्रदेश नं। २–०२–००३ प ५२५९ नम्बरको मोटेसाईकल चोरी भएको थियो ।
यसैगरी  माघ २१ गते विराटनगर महानगरपालिका वडा नं. २ स्थित सेन्ट्रलमहलको पर्किङ्ग स्थलमा विराटनगर ४ कञ्चनबारी बस्ने सुरेन्द्र कार्कीले  पार्किङ्ग गरी राखेको को २७ प ६९४९ नम्बरको स्कुटर चोरी भएको थियो ।  उक्त मोटसाइकल र चोरी संलग्न पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेको मोटरसाईकलहरू पहाडी जिल्लाका दुर्गम स्थान र  सुनसरी जिल्लाका ग्रामीण क्षेत्र हुदै भारतका विभिन्न स्थानहरूमा पु¥याई बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए  । चोरी गरेका मोटरसाईकलहरू नेपाल–भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार तथा लागू औषध ओसारपसार गर्न र यस्ता मोटरसाईकलका ईन्जिनहरू  पानी तान्ने मोटरको रूपमा प्रयोग गर्न समेत यस्ता गिरोहले बिक्री गर्ने गरेको पाईएको उनले बताए ।
बिगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरिएको बताए । धेरै जसो विराटनगरबाट हराएका मोटरसाइकलहरु धनकुटालगायातको पहाडी जिल्लाहरुको ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको बताउँदै उनले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको सुनाए ।
सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको सवारी धनीपनि सचेत हुनुपर्ने देखिएको एसपी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर