RUMPUM
animated ellipse animated ellipse

विराटनगरका उद्योगी राजेन्द्र राउतले गरे मोरङ बुढीगंगामा आरआर अस्पतालको शिलान्यास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ पुष २०८०, बुधबार १५:३४
3.77k
Shares
विराटनगर / विराटनगरका उद्योगी राजेन्द्र राउतले मोरङको बुढीगंगा १ टंकीसिनवारीमा आरआर इन्टरनेशनल अस्पतालको शिलान्यास गगरेका छन् ।

शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको आज एक कार्यक्रमको आयोजना गरेर शिलान्यास गरेका हुन् । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारतलगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले बताए ।

शिलान्यासपछि आयोजित पत्रकार सममेलनमा अध्यक्ष राउतले २ वर्षभित्रमा अस्पताल सञ्चालनको तयारी गरिएको बताए । ३ वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिएपनि २ वर्षमा निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी गरिएको उनले बताए । २ अर्व ५० करोड लगानीमा एक विगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने उनले बताए । अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने राउतले जानकारी दिए । उनले भने,‘ गुणस्तरिय प्रतिष्पर्धा गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको हो ।’ एकसाता भित्रमा निर्माणको काम शुरु हुने उहाँले बताए ।

देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ती तथा गुणस्तर बीचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजि क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतिक राउतले बताए । उनका अनुसार शुरुमा २ सय सैया क्षमताको अस्पताल निमार्ण गर्न लागिएको छ । हाल यसलाई १ सय शैंयाको मल्टि स्पेशियालिटी अस्पताल संचालन गर्ने र क्रमश ३ सय शैयासम्म विस्तार गर्ने लक्ष्य लिइएको राउतले बताए । उनले भने,‘ आरआरअस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखीएको छ ।’

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवाल, कार्डियो, क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ । उनका अनुसार अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने सदस्य राउतले पत्रकार सममेलनमा जानकारी दिए ।

आरआर अस्पताललाई एउटा व्यवसायीक घरानाको मात्र नभएर कोशी प्रदेश कै सम्पती र सवै सेवाग्राहीको विश्वासको केन्द्रका रुपमा स्थापित गराउने उद्धेश्य राखिएको उनले बताए । झण्डै ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर