पूर्वाञ्चल खबर
मुख्यमन्त्री राईले संविधान दिवसको उपलक्ष्यमा प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा विराटनगरमा आयोजित प्रदेश पाश्र्वचित्र तथा बार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७/७८ पुस्तक सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले केही दिनभित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका विषयमा जनतासमक्ष उपलव्धी सार्वजनिक गर्ने जानकारी दिँदै यसबाट हामीलाई हाम्रो कमी कमजोरीलाई सुधार गरी उपलव्धीहरुलाई संरक्षण गरी अगाडि बढ्न बल पुग्ने बताए । उनले प्रदेश सरकारले विकास कार्यमा हासिल गरेको उपलव्धीबाट जनतामा उत्साह जागृत भएको चर्चा गर्दै पूर्वाधार विकास निर्माणवाट जनताले प्रत्यक्षरुपमा अनुभूति गरिरहेको गरेको विचार राखे ।
मुख्यमन्त्री राईले प्रदेश सङ्घीयताको मुट हो र जनताको भावना ,चाहना, भुगोल, माटो सुहाउँदो मौलिकताका आधारमा सङ्घीयता निर्माण गरिएको छ भन्दै यसको मर्म र भावना थाहा नपाएका व्यक्ति वा संस्थाले मात्र यसलाई कमजोर र असफल बनाउन नकरात्मक टिप्पणी गर्ने गरेको धारणा राखे ।
प्रदेशको आर्थिक, सामाजिक,पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुहरुको विभिन्न स्रोतहरुबाट प्रकाशित तथ्याङकहरु सङ्कलन तथा विश्वेषण गरी एकीकृत वस्तुस्थिति, विवरणहरु यस पाश्र्वचित्रमा समावेश गरिएको छ ।
प्रदेशको आधारभूत सूचनाहरुको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकहरुको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना,नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचनाहरु उपलव्ध गराउनु पाश्र्वचित्रको उद्देश्य रहेको छ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले यथार्थताको धारातलमा उभिएर पश्र्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेको चर्चा गरे ।
आयोगका सदस्य पूर्ण लोक्सोमले पाश्र्वचित्रको महत्वमाथि चर्चा गर्दै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता वहन गर्न यो तयार गरिएको बताए ।