AArya
RUMPUM
animated ellipse animated ellipse

झापालाई पराजित गर्दै पटना मिल्स कप क्रिकेटको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०८१, सोमबार १८:१२
963
Shares
विहारविरुद्ध ब्याटिङ गर्दै सुपोलका चिकुकुमार । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटना चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरको जुट मिल खेल मैदानमा आज भएको क्वाटरफाइनल खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

१ सय ३८ रनको लक्ष्य पाएको पटनाले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो। पटनाको जितमा प्लेयर अफ द म्याच सुर्दशन सिंहले अविजित ८३ रन बनाए । उनले ५२ बलमा ६ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै अनुज रञ्जनले ३७ रन बनाउँदा कुमार श्रेयले १३ रनको योगदान दिए । झापाका ज्ञानु श्रेष्ठले २ विकेट लिँदा सिद्धार्थ कुमारले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको झापा निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ३७ रन बनायो। झापाकालागि अंकित सुवेदीले २७ रन बनाउँदा भुपाल दङगालले २६ रन र समिर कार्कीले १९ रनको योगदान दिए । पटनाका रिहान दास गुप्ताले ३ विकेट लिँदा मन मोहनले पनि ३ विकेट लिए ।

पहिलो खेलमा विहारमाथि सुपोलको फराकिलो जित
भारतको सुपोल क्रिकेट क्लबले विहार ११ माथि १ सय २१ रनको फराकिलो अन्तरले जित हात पार्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको सुपोलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६ रनको विशाल स्कोर खडा गरेको थियो। सुपोलको ऋषु कुमारले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाउँदा महमद अमनले २६ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ५३ रन र विजय कुमार १६ बलमा ३ छक्का र ३ चौकाको अविजित ३५ रनको योगदान दिए ।

२ सय ७ रनको विशाल लक्ष्य पछ्याएको विहारले १३ ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । विहारका आयुष सिंहले २९ रन बनाउँदा यश राजले १९ रन बनाए । सुपोलका प्रेम कुमारले किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ६ विकेट लिए ।  उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर