मेयर कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

खबर पूर्वाञ्चल, १२ कार्तिक २०७९, शनिबार ११:५७
171
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ ।

मेयर कोइरालाको नेतृत्वमा आज उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले छठका लागि महानगरले गरेको सरसफाई, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।

टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिंघिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन मेयर कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रहसमेत गरेका थिए । स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाई गरेकोमा धन्यवादसमेत दिएका थिए । मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५