RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधि सभामा पराजित कांग्रेसका सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०८०, बिहीबार १७:५९
306
Shares
फाइल तस्वीर
विराटनगर / कोशी प्रदेशको अन्यतर्फको कलस्टरबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै उनी निर्वाचित भएका हुन् । सिटौला प्रतिनिधि सभामा झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनसँग लगातार दुई पटक पराजित भएका थिए ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

कोशीमा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए। उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर