प्रदेश १ मा आज एकै दिन १०२७ जना कोरोना संक्रमित थपिए, विराटनगरमा २७७ संक्रिमत

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७८, आईतवार १८:५६

विराटनगर / प्रदेश १ मा आज एकै दिन १०२७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सवै भन्दा बढी मोरङमा ४७२ जनामा संक्रमित देखिएको छ ।

मोरङ पछि झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२२ महिला र १५५ पुरुष सहित २७७, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा २३, पथरीशनिश्चरेमा १८, केराबारीमा र बुढीगंगामा १२–१२, ग्रामथान ,बेलबारी, धनपालथान, कटहरी र जहदामा ४–४, सुनबर्षी, कानेपोखरीमा ३–३, , लेटाङ र रतुवामाईमा २–२ र स्थानीय तह नखुलेका १, झापाको विर्तामोडमा ४९, अर्जुनधारामा २७, भद्रपुरमा २५, झापा गाउँपालिकामा २४, दमकमा २३, कनकाईमा १८, शिवसताक्षीमा १५, मेचीनगरमा १४, हल्दिबारीमा १३, कमल गाउँपालिकामा ७, बुद्धशान्तिमा ६, कचनकवलमा ३, गौरादह र स्थानीय तह नखुलेका २–२, सुनसरीको इटहरीमा ३२, धरानमा १७, देवानगञ्जमा १५, दुहवीमा १३, इनरुवामा ८, बराहक्षेत्रमा ५, गढी र स्थानीय तह नखुलेका ३, रामधुनी, बर्जु र भोक्राहानरसिंहमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको सुर्योदयमा १९, इलाम नगरपालिकामा १०, रोङमा ७, माईमा ३, माङ्सेबुङमा १, ताप्लेजुङको फुङलिङमा २४, मौवाखोला र याङवरकमा १–१,संखुवासभाको खाँदबारीमा २२, मकालुमा १, खोटाङको साकेलेमा ११, खोटेहाङमा २ र दिप्रुङ चुईचुम्मा १, ओखलढुङ्गाको मानेभन्ज्याङमा ९, सिद्धिचरणमा १, ते¥हथुमको म्याङलुङमा ६, आठराई र लालीगुराँसमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, ताप्ली , लिम्चुङवुङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, छथर र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४ हजार २२५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५