विराटनगरमा २ सय २६ सहित प्रदेश १ मा थपिए ६ सय ७ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार ३५७

खबर पूर्वाञ्चल, २० बैशाख २०७८, सोमबार १८:४२

विराटनगर / विराटनगरमा २ सय २६ सहित प्रदेश १ मा आज ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २ सय ८२, झापामा १ सय ५१, सुनसरीमा १ सय १, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरबाहेक सुन्दरहैचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनबर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा¥हदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साघुरीगढीमा १, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय ४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५७ पुगेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५