AArya
animated ellipse animated ellipse

राजकीय सम्मानका साथ संविधानसभा अध्यक्ष नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०८०, बिहीबार १५:५५
144
Shares
विराटनगर / संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई दिउँसो १ बजे छोराहरु मिङ्सो र सुहाङले दागबत्ती दिएर अन्त्येष्टि गरिएको हो । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेपाली सेनाको टुकडीले आर्यघाटमा सलामी दिएको छ । अन्त्येष्टिेको बेला सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर सम्मान व्यक्त गरेको थियो । सरकारले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।

पूर्वसभामुख समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा सोमवार राति २ बजे निधन भएको थियो । छोराहरू विदेशमा रहेका कारण ढिलोगरी उनको अन्त्येष्टि गरिएको हो ।

बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली संलग्न थियो । एमाले पार्टीका कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारण पनि शवयात्रामा सहभागी थिए । नेम्वाङको पार्थिव शरीरलाई आर्यघाट पुर्याएर फूलले सजाइएको चितामा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर