MERRYLAND
KANTIPUR COLLEGE

चार दिन भित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन

खबर पूर्वाञ्चल, २९ पुष २०७८, बिहीबार १६:०५
378
Shares

विराटनगर / कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादवसहितको टोलीले सीमानाकाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । कोरोनाको सङ्क्रमणको दर बढिरहेको भन्दै उनले सीमानाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष लिएको छ । नेपाली सेनाकाली शक्ति गणका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुललागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ ।

बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरि दिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए । मन्त्री कार्कीले चार दिनभित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामाग्री आफूले दिने बताए । उनले भने,‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षाकोष, महानगरपालिका सँग समन्वयगर्नुपर्याे । पानी तान्नकालागि कल कहीँ छैन भने म कहाँ आउनुहोस् ।’
सीमा क्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिए । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नु होस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उता पारी गएँभने पनिखोप कार्ड अनिवार्य गर्नुहोस् । उनले भने हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिनभित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए । जसकालागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ । अनुगमनका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले खोप अभियानलाई पनिक्रमशः बढाउँदै लाने बताए । उनले भोलि नै सबै राजनीतिकदहरुकाबिचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए ।

जोगवनी हेल्प डेस्ककाअनुसार पौष महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो दर दैनिक रूपमा बढ्दै गएको डेस्कमा रहेका प्रतिनिधिले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५