animated ellipse animated ellipse

एभरेष्ट बैंकको वार्षिकोत्सवमा मानस सेवा आश्रममा खाद्यान्य वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०८०, बिहीबार १७:५४
171
Shares
विराटनगर / एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ ।

बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेरआज आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले खाद्यान्य ३० बोरा चामल, तेल, चना, दाललगायतको खाद्य सामाग्री वितरण गरिएको एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाईले बताए । मान सेवा आश्रममा दुई दर्जन बढी आफन्त नभएका ज्येष्ठ नागरिकहरु बसोवास गर्दै आएका छन् ।

यसैगरी बैंकले वार्षिक उत्सवको अवसर पारेर विराटनगर – १० मा रहेको झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) भित्र रहेको वंगलामुखी मन्दिरको धारा निमार्णको लागि पनि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।

आज झी पुचः मा एक कार्यक्रमको बीच बैंकका प्रमुख चापागाईले नगद ५० हजार रुपैयाँ चेक अध्यक्ष भविष श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

एभरेष्ट बैंक कोशी प्रदेश अन्तर्गत १८ वटा शाखा रहेको छ । एभरेष्ट बैंकको २९औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगर्त विभिन्न सहयोग गरी राखेको बैंकका प्रमुख चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर