RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०७७, शुक्रबार १६:२९
3
Shares
विराटनगर / विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् ।

विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित दुवैजना भारतको नयाँ दिल्लीबाट आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित दुवै जना श्रीमान श्रीमती हुन् । पुष्टि भएका दुवै जनालाई कोभिड १९ उपचार केन्द्र पठाउने तयारी भइरहेको महानगरले जनाएको छ।

महानगरका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार भारतबाट आएसँगै दुवैजनालाई मेनरोडस्थित एक क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा रहेका दुवै जनाको स्वाब संकलन गरि ७ गते कोशी अस्पतालमा पीसीआर परिक्षणका लागि पठाइएको थियो । उनीहरुको स्वाब संकलन गरि परिक्षणमा पठाएको ६ दिनपछि रिपोर्ट आएको हो ।
महानगरले भारत तथा अन्य मुलुकबाट आएकाहरु र संकास्पदलाई राख्न विभिन्न ८ स्थानमा क्वारेन्टाइन स्थल बनाएको छ । जहाँ हाल ३३ महिला र ६४ जना पुरुष राखिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर