पूर्वाञ्चल खबर
झापाको शिवसताक्षी नगरपालिका ८ डुँडामारीका २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा माईखोलाले बगाएर मृत्यु भएको हो ।
हिजो बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा थाम्सुहाङ साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५ सय मिटर दक्षिण मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको झिलझिले प्रहरीले कार्यालयले जनाएको छ ।