AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०८०, सोमबार १९:१९
378
Shares
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ ।

विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो ।

ट्राफिक चोकसहित विराटनगरको जलजला चोक र सत्यनारयण स्कुल अगाडीको सडकमा जेब्रा क्रसिङ्ग गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । सडक जेब्रा क्रसिङ्ग खुइलिएर यात्रुहरूलाई बाटो काटन असहज भएपछि सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरेर जेब्रा क्रसिङ्गमा रंङ लगाएको उनले बताए ।

नेपाल वैश्य सेवा संघ मोरङ र एनएमएसआरए मोरङको सहयोगमा तीन ठाउँमा जेब्रा क्रसिङ्गमा रङ लगाएको हो ।

विराटनगरको मुख्य चोकहरुमा सर्वसाधरणको आवतजावत बढी हुने र जेब्रा क्रसिङ्ग नदेखिदा बाटो पार गर्न अत्यन्तै कठिनाइ भएको थियो । सडक विभाग र विराटनगर महानगरपालिकाले बनाउनुपर्ने जेब्रा क्रसिङ सम्बन्धीति निकायले चासो नदेखाएपछि सामाजिक संघसंस्थाको सहयोगमा बनाइदिएको नेपाल वैश्य सेवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर