AArya
RUMPUM
animated ellipse animated ellipse

एसईईमा नक्कली प्रशिक्षार्थी प्रकरण : कन्सलटेन्सी संचालकलाई २ लाख र परीक्षार्थीलाई जनही ४० हजार धरौटि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०८०, बिहीबार १९:३७
378
Shares
विराटनगर / एसईई परीक्षामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सलटेन्सी संचालकलाई धरौटिमा छाडन अदालतले आदेश गरेको छ । उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटिमा र नावलकहरुको हकमा भने अभिभावलाई जिम्मा लगाउन मोरङ अदालतले आज आदेश गरेको हो ।

मोरङ अदालतका न्यायाधीश गायत्री प्रकाश रेग्मीको इजाशले पक्राउ परेका कन्सलटेन्सी संचालक सन्तोष राईलाई २ लाख रुपैयाँ धरौटीमा छोडेन आदेश गरेका छन् । पक्राउ परेका अन्य १६६ जना नक्कली परीक्षार्थीहरुलाई जनही ४० हजार रुपैयाँ र नाबलक २८ जनालाई अभिभावकलाई जिम्मा लगाउन आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको तीन वटा परीक्षा केन्द्रबाट एसइइमा सामाजिक विषयको परीक्षा दिदै गर्दा १९९ जना नक्कली परीक्षार्थी चैत १७ गते पक्राउ परेका थिए ।

केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, ग्रामथान गाउँपालिका २ झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जना नक्कली परीक्षर्थी पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई इलका प्रहरी कार्यालय बेलबारीले मोरङ अदालतमा शिक्षा ऐन २०२८ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो । वारदत स्थल छुट्टा छुट्टै स्थानमा भएकोले प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत तीन वटा छुट्टै मुद्दा दायर गरेको थियो । ६ जना कन्सलटेन्सीसहित ३९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये पक्राउ परेर अदालतमा उपस्थित भएकाहरुको हकमा अदालतले आदेश गरेको हो । अरुको हकमा उनीहरु उपस्थित भएपछि आदेश हुनेछ ।

प्रहरीको अनुसन्धानबाट ६ जना कन्सलटेन्सी संचालकहरुले नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लागउने गरेको पाइएको छ । उनीहरुले पास गर्ने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सलटेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । नक्कली परीक्षार्थीले व्यापार व्यवसायदेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ । सक्कली परीक्षार्थीहरू धेरै काठमाण्डौं तिर बसोवास रहने रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर