RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७७, शुक्रबार १४:३१
9
Shares
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताए ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको मन्त्री घिमिरेले बताए । उनले भने,‘कोरोनाको रुट पत्ता लगाउने काम यसले गर्छ ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टीङ गर्ने टिम रहेको उनले बताए ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताए । सो टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्य रहेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले हेल्थडेक्स पुन शुरु गरिने बताए । लकडाउन खुकुलो भएसँगै हेल्थडेक्स शुरु हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर