RUMPUM
animated ellipse animated ellipse

प्याब्सन अंग्रेजी हिज्जे(स्पेलिङ) प्रतियोगिताको उपाधि विराटनगरको मदरल्याण्डलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०७९, बिहीबार १६:००
2.6k
Shares
विराटनगर / प्याब्सन अंग्रेजी हिज्जे(स्पेलिङ) प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकेडेमी स्कुलले जितेको छ ।

विराटनगरमा सम्पन्न भएको फाइनलमा ८ वटा विद्यालयलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको हो । मदरल्याण्डले २०६९ सालदेखि लगातार अंग्रेजी हिज्जे प्रतियोगिता जित्दै आएको छ ।

प्रतियोगिताको द्धितीय उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुल, तृतीय सुन्दरहैरचा नगरपालिकामा रहेको स्कर्लस होम स्कुल घोषित भयो । प्रतियोगिताको सान्तवना बेलबारीस्थित बाल जगत सेकेण्डरी बोर्डिङ स्कुल र सुन्दरहरैचनास्थित सुबीजीमुर मेमोरियल स्कुल भएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमश १५, १० र ५ हजार रुपैयाँको साथै आकर्षक ट्रफि हात पारेका थिए । हिज्जा प्रतियोगिताको फाइनलमा ९ वटा विद्यालय पुगेको प्याब्सन मोरङका कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।

निजी विद्यालयहरूमा अध्ययरत विद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले प्याब्सन मोरङले प्रत्येक वर्ष अंग्रेजी हिज्जे र जिल्ला स्तरीय लोकनृत्यलगायतका विभिन्न प्रतियोगिताहरू गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् ।

अंग्रेजी हिज्जे प्रतियोगितामा मोरङको विभिन्न स्थानिय तहबहरूबाट छनौट भएर ९ वटा विद्यालय फाइनलमा पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर