युनाईटेड र भरौल भेट्रान्स क्लब क्वाटरफाइनलमा

खबर पूर्वाञ्चल, ३ आश्विन २०७९, सोमबार १८:४७
153
Shares
विराटनगर / युनाईटेड भेट्रान्स क्लब विराटनगर र भरौल भेट्रान्स क्लब सुनसरीले विराटनगरमा जारी प्रदेश १ स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै युनाईटेड भेट्रान्स क्लब विराटनगर क्वाटर फाइनलमा पुगेको हो ।

युनाईटेडलाई जित दिलाउन हर्कराज गुरूङले निर्णायक गोल गरे । खेल सुरू भएको तीन मिनेटमा हर्कले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच पनि निर्णायक गोल गर्ने युनाईटेडका हर्कराज गुरूङ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा युनाइटेडले सुरुवातदेखि नै दुहबीमाथि दबावमा राखेको थियो । दुहबी र युनाईटेडका खेलाडीहरूले पाएको थुप्रै अवसरहरू खेर फालेका थिए ।

सोमबारनै भएको दोस्रो खेलमा बिर्तामोड भेट्रान्स क्बललाई २–१ गोलले हराउँदै भरौल भेट्रान्स क्लब सुनसरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । जितको लागि भरौलका सन्तोष लिम्बु र डेनिम राईले समान १÷१ गोल गरे । भरौलका सन्तोष लिम्बुले खेल सुरू भएको १७ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । भरौलका कप्तान मिलन देवानले निकालिएको पास सन्तोषले डिबक्स भित्रबाट गरेको प्रहार जाली चुमेको थियो ।

पहिलो हाफसम्म बिर्तामोडलाई भरौलले दबावमा राखेको थियो । दोस्रो हाफदेखि आक्रम रूपमा मैदान उत्रिएको बिर्तामोडले ४१ औं मिनेटमा टेक राज सुब्बाले गोल गरी खेल बराबारीमा ल्याएका थिए । बिर्तामोडले गोल गरी खेल बराबरीमा ल्याएको १३ मिनेट पनि बित्न नपाउँदै भरौलका डेनिम राईले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

दोस्रो खेलको म्यान अफ द म्याच भरौलका प्रेम घिमिरे घोषित भए । उनले नगद २ हजार १ सय रूपैयाँ पाएका छन् ।

मंगलबारको खेल राजघाट भेट्रान्स क्लब उर्लाबारी र मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरबीच प्रतिस्पर्धा हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५