RUMPUM
animated ellipse animated ellipse

मोरङको बुढीगंगामा दुर्घटनामा एकै परिवारको दुईसहित तीनको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०८०, शुक्रबार १२:४९
891
Shares
विराटनगर /मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन् ।

बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । ज्योतीका छोरा र छोरी टुइन्स हो । उनीहरु सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङगाले किचेर मृत्यु भएको प्रत्यदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।

भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । अहिलेसम्म लहरीले थिचेर मृत्यु भएको बालवालिकाहरुको शव निकाल्न प्रहरीले सकेको छैन । मोरङ प्रहरीका प्रवत्ता डिएसी रन्जनकुमार दाहालले घटनास्थलबाट ढुङगा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए । ‘अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर