RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७९, बिहीबार १५:५५
225
Shares
विराटनगर/ विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ ।

हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको प्रि युनिभर्सिटी कक्षा बुधबार सकिएको हो ।

कक्षा सुरू हुनुभन्दा अगाडी विद्यार्थीहरूलाई पठ्यक्रममा भएका विषयहरूको बारेमा जानकारी गराउने उद्देश्यले प्रि युनिभर्सिटी कक्षा सुरू गरिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । ‘यस्तो तयारी कक्षा विद्यार्थीहरूको लागि लाभदाही हुनेछ,’ उनले भने, ‘यस्तो कक्षामा विद्यार्थीहरूलाई दक्ष प्राध्यापक र प्राविधिमा दखल राख्ने शिक्षकहरूबाट तयारी गराइन्छ ।’
बीआइएम र बीसीए कार्यक्रममा भर्ना भएका ६० जना विद्यार्थीहरू प्रि युनिभर्सिटी कक्षामा सामेल भएको कलेजले जनाएको छ । दुई हप्तासम्म प्रि युनिभर्सिटी कक्षामा सामेल भएकी भूमिका श्रेष्ठले यस्तो कक्षाले हामीलाई पठनपाठनमा धेरै सहयोग पुगेको बताइन् ।

‘तयारी कक्षामा हामीले बेसिक कोर्षहरूको बारेमा जानकारी पाएका छौं,’ उनले भनिन् । बेसिक कोर्षहरूमा कसरी कम्प्युटर चलाउने देखि फोटोसपको बारेमा ज्ञान हासिल गरेको उनले सुनाइन् । ‘अहिले प्रविधिले निक्कै फड्को मारेको छ । कुनै पनि व्यवसाय संचालन गर्नुपर्दा प्रविधिको अतिआवश्यक भइसकेको छ । तेही भएर मैले बीआइएम अध्ययन गर्ने निचोटमा पुगेको हो,’ उनले सुनाइन्, ‘पछि बीआइएम सकेपछि व्यवसाय संचालन गर्ने योजना बनाएको छु । अहिले पढेको ज्ञान व्यवसायमा उतार्नेछु ।’

दुई हप्तासम्म संचालन भएको कक्षामा प्राडा मनोज कुमार राउत र हिमालय दर्शन कलेजका सिनियर विद्यार्थीहरूले सहजिकरण गरेका थिए भने विद्यार्थीहरूलाई मोटिभेसन कक्षा बसन्त अधिकारीले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर