AArya
RUMPUM
animated ellipse animated ellipse

पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०८२, आईतवार १८:५५
45
Shares
विराटनगर / इटहरीको ट्यांग्रा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका २ जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवै जना ९ वर्षका छन् । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर दिउँसो ३ बजेतिर बालकहरु घाइते भएका थिए ।

गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएका इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छन् ।

उनीहरुको उद्वार गरि उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुग्न अघि नै उनीहरुको मृत्यू भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर