animated ellipse animated ellipse

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७७, मंगलवार १७:२८
1.67k
Shares
विराटनगर / विराटनगर महानगरपालिका वडा नं १० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्ना स्थान बनाउन थालेका छन् ।

दश वर्ष अघि भारतको नयाँ दिल्ली चाटर्ड एकाउन्ट पढ्न गएका युवा अमितले पढाई भन्दा कलाकारिता रुचि बढाउन थालेको थियो ।

लगातारको मेहनतबाट उनी भारतको चलचित्रमा देखा पर्न थालेका छन् । कलाकार अमितले विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीको क्रममा आफूले इन्टरनेटमा प्रशारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाकाको ‘रामाचारी टु पेन जिरो ’(रामायण कथामा आधारित) , हिन्दी चलचित्र मि. तेज, अर्को नाम घोषणा नभएको हिन्दी चलचित्र, हिन्दी भाषाको वेभ सिरिज लगायतमा अभिनय गरिसकेको जानकारी दिए । उनले भने, “कला र कलाकारिताको क्षेत्रमा मुम्बै जस्तो ठाउँमा सङ्घर्ष गर्नु समान्य होइन, एकसेएक कलाकार छन् आफूलाई टिकाई राख्न अझ बढी मेहनत र परिश्रम गर्नुपर्छ ।”

यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स , सन २०१७ मा मिस्टर उत्तराखण्डमा दोश्रो उपाधि हासिल गरे ।

कलाकार अमित भक्तपुरमा गएको फागुन १४ गते सम्पन्न इन्टरनेशनल फैसन शो बेस्ट मेल मोडलको उपाधि समेत ग्रहण गरेका अमित विराटनगर आउँदा उनका शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । उनले भारतमा अभिनयको क्षेत्रमा काम गर्दा भारतीय अभिनेताहरुबाट राम्रो सहयोग पाएको प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर