animated ellipse animated ellipse

लियोद्धारा विराटनगरका ८ जना पत्रकार सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०७७, शनिबार १५:५१
477
Shares
विराटनगर / सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका ८ जना पत्रकार सम्मानित भएका छन् ।

आज विराटनगर–१५ स्थित रानीमकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानद्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरु कोरोना योद्धा सम्मान पत्र–२०२१ ले सम्मानित भएका हुन् । सम्मानित हुनेमा मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण, न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका प्रेम देवान, नेपाल टाईम्सकी रश्मिता उदास, हिमशिखर टेलिभिजनका राकेश कर्ण, एभिन्युज टेलिभिजनका विरेन्द्रकुमार शाह र लाईभ नेपालका सोनुकुमार दास रहेका छन् ।

कोरोना महामारीकाबिच जनतालाई सु–सुचित गराउने कार्यमा सक्रियता पूर्वक निर्वाह गरेको भुमिकाको उचित मुल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा न्युरो अस्पतालका अध्यक्षविरेन्द्र कुमार बिष्टलाई समेत सम्मान गरिएको छ । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सोहीअवसरमा क्लबले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा आबद्ध गरिब तथा विपन्नवर्गका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका सोसाईटी जोन चेयर पर्शन मोजाहिद ईराकीको नेतृत्वमा क्लबले करिब ४ सय विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्रीवितरण गरेको हो । विद्यार्थीहरुलाई स्कूल ब्याग, पेन्सिल, कटर, ईरेजर र कलमलगायतका आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर