AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्रोत नखुलेको आठ लाखसहित विराटनगरमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७८, बिहीबार १७:३८
1.35k
Shares
विराटनगर / स्रोत नखुलेको आठ लाख रूपैयाँसहित प्रहरीले विराटनगरमा एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित आज एक जनालाई पक्राउ गरेको हो ।

को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा विर्तामोड–३ का ३४ वर्षिय उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । साहले भारतदेखि उक्त पैसाँ लिएर विराटनगरतर्फ आउने क्रममा उनलाई पक्राउ गरेको हो । पक्राउ गरेको रकम हुण्डी कारोबारी भएको आशंका गरिएको छ । पक्राउ परेका साह भरिया हुन् । भारतदेखि पठाएको सो रकम गन्तब्यसम्म पु¥याउने क्रममा प्रहरीले पक्राउ हो ।

प्रहरीले नेपाली नगद १ हजारको ३३५ थान, ५ सयको ६४० थान, १ सयको १६०० थान र ५० को १०६ थान नोट बरामद गरेको जानकारी दिइएको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई थप कारवाहीको लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय ईटहरीमा सुनसरी बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर