animated ellipse animated ellipse

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की बन्ने निश्चित, सभामुख माओवादीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ पुष २०७९, आईतवार १०:०८
324
Shares
विराटनगर / देश १ को मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की बन्ने भएका छन् ।

सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेको भागमा परेपछि मुख्यमन्त्री एमालेका संसदीय दलका नेता कार्की बन्ने भ्उका हुन् ।

एमालेले मुख्यमन्त्री पाएपछि सभामुख भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

शनिबार बसेको शीर्ष नेताको बैठकले भागवण्डाको सहमति गरेपनि सार्वजनिक भएको छैन । सहमतिलाई अन्तिम टुङ्गो दिन आज शीर्ष नेताहरुको बैठक बस्दैछ । स्रोतका अनुसार भागवण्डा गर्दा प्रदेश १ को मुख्यमन्त्रीको कार्यकाल आधा (आधा बड्ने सहमति भएको छ । शीर्ष नेताको बैठकपछि प्रदेश १ को सरकारमा दाबी पेश गर्ने गठबन्धनको तयारी छ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले आज शीर्ष नेताको छलफल पछि भागवण्डा टुङ्गो लाग्ने बताए । ‘सरकारको नेतृत्वमा हाम्रो पनि दाबी छ, शीर्ष नेताबीचको आजको बैठकले भागवण्डा टुङ्ग्याउँछ,’ उनले भने,‘ मुख्यमन्त्री एमालेको भागमा परे सभामुख हामीले पाउँछौं ।’

प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि दलह?लाई दिएको समय आज बेलुका ५ बजेबाट सकिदैछ । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलह?को समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तीका लागि गत पुस १७ गते सात दिन भित्र दाबी पेश गर्न आह्वान गरेका थिए । दाबी पेश गर्न दलह?ले छलफल गरेपनि केन्द्रमा भागवण्डा नमिल्दा दाबी पेश गर्न अन्तिम समयसम्म कुर्नु परेको हो । आज साँझसम्म दाबी पेश गर्ने सत्ता?ढ गठबन्धनको तयारी छ ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर