AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७८, बिहीबार १८:२२
153
Shares
विराटनगर / मोरङको लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनामा इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सनाएवं निन्दा गरेको छ ।

इन्सेकले विज्ञप्ति मार्फत् नागरिकको बाँच्न पाउने अधिकार खोसिएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेको हो ।

प्रदेश संयोजक सोमराज थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा “लेटाङ नगरपालिका–५ खेरूवा स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रा माथि सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको विषयबाट उत्पन्न घटना क्रमले सुरक्षाका निम्ति खटिएकी राष्ट्र सेवक प्रहरी २६ वर्षीया श्रेष्ठको हत्या भएको घटना प्रति इन्सेक प्रदेश १, कार्यालय विराटनगरको गम्भीर ध्यानाकर्षण भएको छ । बाँच्नपाउने नागरिकको अधिकार खोसिएको प्रति इन्सेक भत्सना एवम् निन्दा व्यक्त गर्दछ ।” उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको र दोषीलाई कारबाही गर्न सम्मानीत अदालत रहेको उल्लेख छ । कानुन बमोजिम दोषीलाई कारबाही र पीडितलाई न्याय प्राप्तिको माग गर्नु पर्ने अवस्थामा विद्यालय परिसरमा दङ्गा, हुल हुज्जत, भाँड भैलो र अवाच्छित गतिविधिभई व्यक्तिको हत्या भएको घटनामा इन्सेकले विज्ञप्ति मार्फत खेद व्यक्त गरेको छ ।

घटनापछि विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकार प्रत्यक्ष खोसिएको विषयमा इन्सेक सबै पक्षको ध्यानआकृष्ट गराएको छ । इन्सेकद्धारा जारी विज्ञप्तिमा “घटनाको स्वतन्त्र एवम् निश्पक्ष ढङ्गले छानविन गरी दोषीलाई कारबाही गर्न इन्सेक जोडदार माग गर्दछ ।” मानव अधिकार र मानव गरिमाको सम्मान गर्न इन्सेक विज्ञप्तिमार्फत् सबै पक्षसँग आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर