एमाले अध्यक्ष ओली झापा ५ बाट २८ हजार भन्दा बढी मतान्तरले विजयी

खबर पूर्वाञ्चल, ७ मंसिर २०७९, बुधबार १९:४९
180
Shares
झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतकासाथ झापा ५ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा सत्ता गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

२०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५